देश

घटस्थापनामा गहवा माइको दोस्रो चुनरी यात्रा, १० हजार भक्तजन सहभागी हुने अपेक्षा

सम्पादक 2026 October 6 14 घण्टा अघि 62 पटक हेरियो 1 मिनेट पढाइ
घटस्थापनामा गहवा माइको दोस्रो चुनरी यात्रा, १० हजार भक्तजन सहभागी हुने अपेक्षा

वीरगञ्ज — वीरगञ्जस्थित गहवा माइको दोस्रो चुनरी यात्राको तयारी तीव्र रूपमा भइरहेको आयोजकले जनाएको छ।
विश्व हिन्दू परिषद् नेपालको आयोजनामा घटस्थापनाका दिन दिउँसो २ बजे माइस्थान मन्दिर परिसरबाट चुनरी यात्रा सुरु हुनेछ। यात्रामा बाजागाजासहित देवीका आकर्षक झाँकी प्रदर्शन गरिनेछ।
यात्रामा करिब १० हजार महिला तथा भक्तजनको सहभागिता रहने आयोजकको अपेक्षा छ। यात्रा व्यवस्थित र सुरक्षित बनाउन स्वयंसेवक, स्थानीय प्रशासन तथा विभिन्न संघ–संस्थाको सहकार्यमा सुरक्षा तथा व्यवस्थापनको तयारी गरिएको जनाइएको छ।