देश

महिला कर्मचारीलाई महिनावारी बिदा दिने सरकारको प्रस्ताव

सम्पादक 2026 October 2 23 घण्टा अघि 67 पटक हेरियो 1 मिनेट पढाइ
महिला कर्मचारीलाई महिनावारी बिदा दिने सरकारको प्रस्ताव

सरकारले संघीय संसद्‍मा दर्ता गराएको ‘संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा महिला कर्मचारीका लागि नयाँ बिदाको व्यवस्था प्रस्ताव गरेको छ।
विधेयकमा महिला कर्मचारीले नियमित बिदासँगै महिनावारी/रजश्वला बिदा पाउने प्रस्ताव गरिएको छ। साथै मातृत्व तथा प्रसूति र प्रसूति स्याहार बिदाको व्यवस्था पनि समेटिएको छ।
भैपरी आउने, घर, बिरामी, अध्ययन र असाधारण बिदा भने अन्य कर्मचारीसरह महिला कर्मचारीले पनि पाउने व्यवस्था यथावत् रहनेछ।
महिनावारी/रजश्वला बिदा भने विधेयकमार्फत प्रस्ताव गरिएको नयाँ व्यवस्था हो।