देश

वीरगञ्जमा विकास कि अधुरो व्यवस्थापन?

सम्पादक 2026 September 28 10 घण्टा अघि 52 पटक हेरियो 1 मिनेट पढाइ
वीरगञ्जमा विकास कि अधुरो व्यवस्थापन?

वीरगञ्ज । आर्थिक वर्ष २०८३/८४ का लागि वीरगञ्ज महानगरपालिकाले ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको बजेट ल्याएको छ। बजेटमा शिक्षा, स्वास्थ्य, सरसफाइ र पूर्वाधारलाई प्राथमिकता दिइएको भनिए पनि केही धार्मिक तथा सांस्कृतिक योजनाको छनोट र बजेट विनियोजनलाई लिएर विवाद चर्किएको छ।
मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलम पक्षबीच योजना छनोट, प्राथमिकता र बजेट विनियोजनको आधारलाई लिएर सार्वजनिक रूपमा आरोप–प्रत्यारोपसमेत देखिएको छ। केही योजनाबारे सामाजिक सञ्जालमा उठेका दाबीहरू भने आधिकारिक अभिलेखबाट अझै पूर्ण रूपमा पुष्टि हुन बाँकी छन्।
अब मुख्य प्रश्न—जनताको आधारभूत आवश्यकता र प्राथमिकताका आधारमा योजना छनोट भयो कि अन्य कारणले? महानगरले विवादित योजनाको प्रस्ताव, छनोटको मापदण्ड र निर्णय प्रक्रिया सार्वजनिक गर्नुपर्ने आवाज उठेको छ।