नेपाल शेयर बजार (नेप्से) आज ३ हजार बिन्दु नजिक पुगेको छ। यो गत एक वर्षमा नेप्सेको उच्चतम विन्दु हो।
लगानीकर्ताहरूको बढ्दो विश्वास र बैंकिङ क्षेत्रको राम्रो प्रदर्शनले बजारलाई माथि उठाएको विश्लेषकहरू बताउँछन्।
सेबोनका अनुसार आज कारोबार रकम २ अर्ब नाघेको छ जुन गत महिनाभन्दा ३५ प्रतिशत बढी हो।