देश

सांसद खगेन्द्र सुनारको अडियो प्रकरण : रास्वपाले छानबिन थाल्यो, प्रहरी उजुरीको पर्खाइमा

सम्पादक 2026 October 13 18 घण्टा अघि 77 पटक हेरियो 1 मिनेट पढाइ
सांसद खगेन्द्र सुनारको अडियो प्रकरण : रास्वपाले छानबिन थाल्यो, प्रहरी उजुरीको पर्खाइमा

ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको भन्दै सार्वजनिक भएको अडियो प्रकरणबारे चर्चा भइरहेका बेला प्रहरीले भने औपचारिक उजुरी नआएको जनाएको छ।
रास्वपाका महामन्त्री विपिन आचार्यले आरोप गम्भीर र संवेदनशील रहेको भन्दै छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको बताएका छन्। पार्टीको अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले पनि छानबिन सुरु भइसकेको जानकारी दिएका छन्।
यता, नेपाल प्रहरीले भने औपचारिक उजुरी प्राप्त भएपछि आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।