देश

भोटेकोशी बाढीः ७,५१४ जनाको उद्धार, ६७५ शव फेला

सम्पादक 2026 August 29 21 घण्टा अघि 67 पटक हेरियो 1 मिनेट पढाइ
भोटेकोशी बाढीः ७,५१४ जनाको उद्धार, ६७५ शव फेला

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनःस्थापनाको कार्य तीव्र बनाएको जनाएको छ।
सरकारका अनुसार हालसम्म ७,५१४ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको छ। उद्धार तथा राहत कार्यमा १८,७०८ सुरक्षाकर्मी परिचालन गरिनुका साथै १६ वटा हेलिकप्टरबाट २३६ उडान गरिएको छ।
बाढी प्रभावित विभिन्न जिल्लामा हालसम्म ६७५ वटा शव फेला परेका छन्। प्रभावित नागरिकका लागि रसुवामा ३ र नुवाकोटमा १५ वटा राहत शिविर स्थापना गरिएको छ भने करिब ३,५०० विस्थापितलाई अस्थायी आवासको व्यवस्था गरिएको छ।
सरकारले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, सञ्चार सेवा र सडक सञ्जाल पुनःस्थापनाको काम पनि तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ। साथै, विभिन्न अन्तर्राष्ट्रिय समुदाय र सहयोगी राष्ट्रबाट राहत तथा आर्थिक सहयोग प्राप्त हुने क्रम जारी रहेको सरकारको भनाइ छ।