देश

बर्ड फ्लु पुष्टि भएपछि जावलाखेल चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ। संक्रमणका कारण केही चरा तथा जनावर मरेका छन्।

सम्पादक 2026 June 19 2026-06-19 156 पटक हेरियो 1 मिनेट पढाइ
बर्ड फ्लु पुष्टि भएपछि जावलाखेल चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ। संक्रमणका कारण केही चरा तथा जनावर मरेका छन्।

बर्ड फ्लु पुष्टि भएपछि जावलाखेल चिडियाखाना अनिश्चितकालका लागि बन्द

ललितपुर, असार १९ – जावलाखेल चिडियाखानाका केही पन्छी तथा जनावरमा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ।

संक्रमणका कारण केही चरा र जनावर मरेको जनाइएको छ। चिडियाखानाले जैविक सुरक्षा उपायहरू कडाइका साथ लागू गरेको जनाएको छ। प्रारम्भिक अनुमान अनुसार संक्रमण कागमार्फत फैलिएको हुन सक्ने बताइएको छ।

दर्शक तथा कर्मचारीको सुरक्षालाई प्राथमिकता दिँदै अर्को सूचना जारी नभएसम्म चिडियाखाना बन्द रहने व्यवस्थापनले जनाएको छ।