गृहमन्त्री सुदन गुरुङ ले विकास निर्माण तथा आधारभूत सेवासम्बन्धी गुनासोप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ। उहाँले देशका कुनै पनि स्थानबाट सडक, नाला, खानेपानी, सरसफाइ लगायतका विकास निर्माणका काममा ढिलासुस्ती वा लापरबाहीबारे गुनासो आए सम्बन्धित स्थानीय जनप्रतिनिधि र जिम्मेवार निकायलाई जवाफदेही बनाइने चेतावनी दिनुभयो।
गृहमन्त्री गुरुङले नागरिकका दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्याको समाधानका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै स्थानीय तहले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार जनताका आधारभूत आवश्यकतासँग सम्बन्धित विषयमा बेवास्ता गरिए आवश्यक छानबिन तथा समन्वयमार्फत समाधान खोजिनेछ।
उहाँले विकास निर्माणका काममा देखिएका समस्या समाधान गर्न संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको भन्दै नागरिकका गुनासो तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिनुभएको छ।
विकास निर्माणमा लापरबाही भए स्थानीय जनप्रतिनिधि जवाफदेही हुने : गृहमन्त्री गुरुङ