देश

भोटेकोशी बाढी : खोजी, उद्धार र राहत जारी

सम्पादक 2026 August 27 23 घण्टा अघि 48 पटक हेरियो 1 मिनेट पढाइ
भोटेकोशी बाढी : खोजी, उद्धार र राहत जारी

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्य तीव्र पारिएको छ। रसुवासहित चितवन, धादिङ, तनहुँ, गोरखा, नुवाकोट र नवलपरासी पूर्वमा समेत बाढीका कारण ठूलो क्षति भएको छ।
सरकारी विवरणअनुसार अपराह्न ४:४५ बजेसम्म ३३२ जनाको शव फेला परेको जनाइएको छ। बेपत्ताको खोजी तथा प्रभावितलाई राहत वितरणको काम जारी छ।