देश

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

सम्पादक 2026 August 27 22 घण्टा अघि 55 पटक हेरियो 1 मिनेट पढाइ
बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएको शवबाट कानमा रहेको सुनको मुन्द्रा निकाल्ने दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ।
सामाजिक सञ्जालमा शवबाट सुनको मुन्द्रा निकालिरहेको भिडियो भाइरल भएपछि प्रहरीले भिडियोको आधारमा अनुसन्धान गरी उनीहरूको पहिचान गरेको हो। पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–१ का २५ वर्षीय मदन गुरुङ र सुनसरीको इनरुवा नगरपालिका–५ का ३८ वर्षीय उमेश चौधरी रहेका छन्।
उनीहरूलाई भरतपुर महानगरपालिका–१, पोखरा बसपार्क नजिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।
चितवन प्रहरीले विपद्को समयमा मृतक तथा पीडितप्रति गरिने लुटपाट र अमानवीय गतिविधि सह्य नहुने जनाएको छ।