देश

प्रहरी जवानमाथि तस्करी संरक्षण र रकम असुलीको आरोप

सम्पादक 2026 September 2 23 घण्टा अघि 90 पटक हेरियो 1 मिनेट पढाइ
प्रहरी जवानमाथि तस्करी संरक्षण र रकम असुलीको आरोप

वीरगञ्ज । पर्साको सीमा क्षेत्रमा रहेको जगरनाथपुर प्रहरी चौकी (जानकीटोला) मा दरबन्दी रहेका प्रहरी जवान सूरज दासमाथि लामो समयदेखि वडा प्रहरी कार्यालय श्रीपुरमा ‘घुमुवा’को भूमिकामा कार्यरत रही सीमा क्षेत्रमा सक्रिय तस्करसँग मिलेमतो गरेको तथा रकम असुली गरेको आरोप लागेको छ।
स्थानीय स्रोतका अनुसार दासले तस्करी नियन्त्रण गर्नुको सट्टा तस्करका गतिविधिलाई संरक्षण गरेको आरोप छ। साथै, छोटो समयमै कलैया उपमहानगरपालिका–४ मा घर खरिद गरेको विषयमा समेत स्थानीयले उनको आम्दानी र सम्पत्तिको स्रोतबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
यद्यपि, दासमाथि लगाइएका यी आरोपहरूको स्वतन्त्र तथा आधिकारिक पुष्टि हुन बाँकी रहेको छ।