देश

प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारी तीव्र, जनवरीमै बेइजिङ जाने सम्भावना

सम्पादक 2026 November 28 15 घण्टा अघि 72 पटक हेरियो 1 मिनेट पढाइ
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारी तीव्र, जनवरीमै बेइजिङ जाने सम्भावना

काठमाडौं । भारत भ्रमण सकेर फर्किएका प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित चीन भ्रमणबारे काठमाडौं र बेइजिङबीच छलफल सुरु भएको छ।

चिनियाँ पक्षले प्रधानमन्त्री शाहलाई फेब्रुअरी ६ मा पर्ने चिनियाँ नयाँ वर्षअघि नै स्वागत गर्न इच्छुक रहेको संकेत दिएको छ। परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार चिनियाँ पक्षले उपयुक्त मिति प्रस्ताव गरेमा प्रधानमन्त्रीको चीन भ्रमण जनवरीमै हुन सक्ने सम्भावना छ।

यसअघि चिनियाँ राजदूत चाङ माओमिङले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल तथा परराष्ट्र सचिव अमृतबहादुर राईलगायत अधिकारीहरूसँग भेटवार्ता गर्दै प्रधानमन्त्रीलाई स्वागत गर्न चीन तयार रहेको सन्देश दिएका थिए।

यद्यपि भ्रमणको औपचारिक मिति भने तय भइसकेको छैन। नेपाली पक्ष अहिले चिनियाँ सरकारको प्रस्तावित मितिको प्रतीक्षामा रहेको छ।