देश

नयाँ अनलाइन प्रणालीपछि देशभर लाइसेन्स सेवा १९ दिनदेखि ठप्प, सेवाग्राही मारमा

सम्पादक 2026 August 5 22 घण्टा अघि 47 पटक हेरियो 1 मिनेट पढाइ
नयाँ अनलाइन प्रणालीपछि देशभर लाइसेन्स सेवा १९ दिनदेखि ठप्प, सेवाग्राही मारमा

यातायात व्यवस्था विभागले नयाँ अनलाइन प्रणाली लागू गरेपछि देशभरका अधिकांश यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवा १९ दिनदेखि प्रभावित भएको छ। नयाँ लाइसेन्स, नवीकरण र अन्य अधिकांश सेवा ठप्प हुँदा सेवाग्राही कार्यालय धाउन बाध्य भएका छन्। केही कार्यालयमा भने छापिसकेका लाइसेन्स वितरणलगायत सीमित सेवा मात्र सञ्चालनमा रहेको छ। विभागले अनलाइन सेवा सुरु भएको जनाएको भए पनि व्यवहारमा सेवा प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा सेवाग्राही निराश बनेका छन्।