देश

Gen-Z अभियन्ता रक्ष्या बमको सरकारप्रति प्रश्न : ‘राम्रो नियत मात्र होइन, परिणाम चाहिन्छ’

सम्पादक 2026 August 10 10 घण्टा अघि 58 पटक हेरियो 1 मिनेट पढाइ
Gen-Z अभियन्ता रक्ष्या बमको सरकारप्रति प्रश्न : ‘राम्रो नियत मात्र होइन, परिणाम चाहिन्छ’

Gen-Z अभियन्ता रक्ष्या बमको सरकारप्रति प्रश्न : ‘राम्रो नियत मात्र होइन, परिणाम चाहिन्छ’

Gen-Z अभियन्ता रक्ष्या बमले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति प्रश्न उठाएकी छन्। मधेशमा भएको साम्प्रदायिक तनावमा सरकारको प्रतिक्रिया ढिलो भएको भन्दै उनले संकटका बेला प्रधानमन्त्री र गृहमन्त्री तत्काल घटनास्थल पुग्नुपर्ने बताइन्।

उनले प्रहरीको दंगा नियन्त्रण प्रणालीमा सुधार, पर्याप्त तालिम र उपकरणको आवश्यकता औँल्याउँदै राज्यको प्राथमिकता नागरिकको ज्यान जोगाउनु हुनुपर्ने बताइन्। प्रधानमन्त्रीले ‘राम्रो नियत’ भएको दाबी गर्नु मात्र पर्याप्त नभएको भन्दै बमले संविधान, लोकतन्त्र र राज्यका संस्थागत प्रक्रियाको सम्मान गर्दै परिणाम देखाउनुपर्नेमा जोड दिइन्।

साथै, प्रधानमन्त्रीले महत्वपूर्ण राष्ट्रिय विषयमा सामाजिक सञ्जालमार्फत मात्र जानकारी दिनु उचित नभएको भन्दै नागरिकसँग प्रत्यक्ष संवाद र नियमित सम्बोधन आवश्यक रहेको बताइन्।