देश

हवेली क्याफेमा ग्राहक ठगीको गुनासो, बिना जानकारी ‘क्याबिन चार्ज’ असुली

सम्पादक 2026 June 20 2026-06-20 230 पटक हेरियो 1 मिनेट पढाइ
हवेली क्याफेमा ग्राहक ठगीको गुनासो, बिना जानकारी ‘क्याबिन चार्ज’ असुली

वीरगञ्जमा ग्राहक ठगीको गुनासो : हवेली क्याफेमा बिना जानकारी ‘क्याबिन चार्ज’, बिलमा अर्को होटलको नाम

वीरगञ्ज महानगरपालिका–१४, भाटभटेनी सुपरमार्केट पछाडि रहेको हवेली क्याफे (सेभेन सिज होटल) विरुद्ध ग्राहक ठगीको गुनासो आएको छ।

ग्राहकका अनुसार क्याफेमा खाना खाएपछि बिलमा पूर्वजानकारीबिना रु. ३५० ‘क्याबिन चार्ज’ थपिएको थियो। साथै बिल माग्दा हवेली क्याफेको सट्टा ‘सेभेन सिज होटल’ को नाममा बिल उपलब्ध गराइएको बताइएको छ।

ग्राहकहरूले सेवा शुल्क वा अतिरिक्त चार्जबारे पहिले नै स्पष्ट जानकारी नदिई रकम असुल्नु उपभोक्ता अधिकारविपरीत भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। घटना सम्बन्धमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाहीको माग गरिएको छ।