देश

वीरगञ्जमा ढाटका नाममा रकम असुली भइरहेको चर्चा, अनुगमन गर्न माग

सम्पादक 2026 November 28 21 घण्टा अघि 63 पटक हेरियो 1 मिनेट पढाइ
वीरगञ्जमा ढाटका नाममा रकम असुली भइरहेको चर्चा, अनुगमन गर्न माग

वीरगञ्जमा ढाटका नाममा रकम असुली भइरहेको चर्चा, अनुगमन गर्न माग

वीरगञ्ज । वीरगञ्जका विभिन्न स्थानमा ढाट तथा पार्किङका नाममा सवारी चालकहरूसँग रकम असुली भइरहेको भन्ने गुनासो तथा चर्चा सुनिन थालेको छ। विशेषगरी सीमाक्षेत्र र मालवाहक सवारीसाधन आवतजावत गर्ने क्षेत्रमा यस्तो गतिविधि भइरहेको भन्ने जानकारी बाहिर आए पनि यसको पछिल्लो वास्तविक अवस्था भने पुष्टि हुन बाँकी छ।

यस विषयमा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुखज्यू तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख (एसपी) साबको गम्भीर ध्यानाकर्षण हुन आवश्यक देखिन्छ।

सम्बन्धित निकायले संयुक्त अनुगमन टोली परिचालन गरी स्थलगत अनुगमन गर्न, रकम असुलीको वैधानिकता जाँच गर्न तथा अनधिकृत गतिविधि भेटिए आवश्यक कारबाही गर्नुपर्ने माग उठेको छ।

जनतालाई अनावश्यक आर्थिक भार नपरोस् र सवारी चालकहरूले सहज रूपमा आवतजावत गर्न पाऊन् भन्ने उद्देश्यले महानगरपालिका, प्रहरी प्रशासन तथा सम्बन्धित निकायले नियमित अनुगमनलाई निरन्तरता दिन आवश्यक छ।