देश

वीरगञ्जको ट्राफिक व्यवस्थापनमा सुधार, जिल्ला ट्राफिक प्रहरी पर्साको सक्रियता प्रशंसनीय;

सम्पादक 2026 November 26 9 घण्टा अघि 40 पटक हेरियो 1 मिनेट पढाइ
वीरगञ्जको ट्राफिक व्यवस्थापनमा सुधार, जिल्ला ट्राफिक प्रहरी पर्साको सक्रियता प्रशंसनीय;

### वीरगञ्जको ट्राफिक व्यवस्थापनमा सुधार, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको सक्रियता प्रशंसनीय

**वीरगञ्ज, पर्सा ।** पछिल्लो समय वीरगञ्जसहित पर्साका विभिन्न क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सकारात्मक सुधार देखिन थालेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका ट्राफिक प्रहरी निरीक्षक तथा उहाँको सम्पूर्ण टोलीले देखाएको सक्रियता, इमानदारिता र जिम्मेवारीपूर्ण कार्यशैली प्रशंसनीय बनेको छ।

सवारी आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरी टोलीले पछिल्ला दिनमा देखाएको निरन्तर सक्रियताले ट्राफिक व्यवस्थापनमा सकारात्मक परिवर्तनको अनुभूति गराएको छ।

यस सकारात्मक प्रयास र जिम्मेवारीपूर्ण कार्यसम्पादनका लागि **जीटी न्यूज परिवार जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख, ट्राफिक प्रहरी निरीक्षक तथा सम्पूर्ण ट्राफिक प्रहरी टोलीप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।**

जनताको सुरक्षा र सहज आवागमनका लागि यस्तै सक्रियता, निष्पक्षता र सेवाभाव आगामी दिनमा पनि निरन्तर रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।

**जीटी न्यूज – जनताको आवाज, निष्पक्ष पत्रकारिता।**