देश

रसुवा बाढीपीडितका लागि असलम आलमले एक महिनाको तलब दिने

सम्पादक 2026 August 28 22 घण्टा अघि 87 पटक हेरियो 1 मिनेट पढाइ
रसुवा बाढीपीडितका लागि असलम आलमले एक महिनाको तलब दिने

वीरगञ्ज । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहतका लागि पर्सागढी नगरपालिकाका नगरसभा सदस्य असलम आलमले आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन्।
बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै आलमले बेपत्ता नागरिकको खोजी तथा उद्धारमा तीव्रता दिन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
उनले विपद्को समयमा पीडितको दुःखमा साथ दिनु मानवीय कर्तव्य भएको भन्दै सबै जनप्रतिनिधि, संघसंस्था र सहयोगी मनहरूलाई राहत तथा उद्धारमा सक्दो सहयोग गर्न अपिल गरेका छन्।