मधेश लिगल युथ क्लबले आयोजना गरेको कानूनी हाजिरी जवाफ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। आयोजकका अनुसार, यो हालसम्मकै ठूलो तथा भव्य कानूनी हाजिरी जवाफ प्रतियोगिता रहेको थियो।
प्रतियोगितामा वीरगन्ज कलेज प्राइभेट लिमिटेडले प्रथम स्थान हासिल गरेको छ। त्यसैगरी डेसिमल कलेज दोस्रो र हरि खेतान बहुमुखी क्याम्पस तेस्रो स्थान हासिल गर्न सफल भएका छन्।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५ हजार रुपैयाँसहित मेडल तथा कप प्राप्त गरेको छ। दोस्रो स्थान हासिल गर्ने टोलीले नगद ३ हजार रुपैयाँ तथा तेस्रो स्थान हासिल गर्ने टोलीले नगद २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
कार्यक्रमले कानूनी क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूको ज्ञान, क्षमता र प्रतिभा अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।
मधेश लिगल युथ क्लबको कानूनी हाजिरी जवाफ प्रतियोगिता भव्य रूपमा सम्पन्न