देश

मधेशमा अनुगमन प्रभावकारी बनाउँदै कानुन उल्लङ्घन गर्नेमाथि कारबाही हुने

सम्पादक 2026 August 14 1 दिन अघि 103 पटक हेरियो 1 मिनेट पढाइ
मधेशमा अनुगमन प्रभावकारी बनाउँदै कानुन उल्लङ्घन गर्नेमाथि कारबाही हुने

धनुषा, २९ साउन । मधेश प्रदेश सरकारले सार्वजनिक सेवा, बजार तथा व्यावसायिक क्षेत्रमा हुने बेथिति नियन्त्रणका लागि अनुगमनलाई प्रभावकारी बनाउँदै कानुन उल्लङ्घन गर्नेमाथि कारबाही गर्ने जनाएको छ। गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले सरकारी सेवा, होटल–रेस्टुरेन्ट, फार्मेसी, अस्पताल तथा खाद्य क्षेत्रमा अनुगमनलाई निरन्तरता दिइने बताउनुभएको छ। मापदण्डविपरीत सञ्चालन, म्याद गुज्रिएका वस्तुको बिक्री, कृत्रिम मूल्यवृद्धि तथा उपभोक्ता ठगी भेटिए प्रचलित कानुनअनुसार तत्काल कारबाही गरिने मन्त्रालयले जनाएको छ।