देश

बाढी गएको तीन महिना बित्दा पनि नुवाकोटका हजारौँ नागरिक सम्पर्कविहीन अवस्थाजस्तै कठिनाइमा

सम्पादक 2026 November 25 9 घण्टा अघि 56 पटक हेरियो 1 मिनेट पढाइ
बाढी गएको तीन महिना बित्दा पनि नुवाकोटका हजारौँ नागरिक सम्पर्कविहीन अवस्थाजस्तै कठिनाइमा

बाढी गएको तीन महिना बित्दा पनि नुवाकोटका हजारौँ नागरिक सम्पर्कविहीन अवस्थाजस्तै कठिनाइमा

नुवाकोट । भोटेकोशीमा आएको बाढीले त्रिशूली नदी आसपासका बस्तीमा ठूलो क्षति पुर्‍याएको तीन महिना बितिसक्दा पनि प्रभावित नागरिकको पुनर्स्थापना हुन सकेको छैन।

त्रिशूली नदीमाथिको बेलीब्रिज निर्माणमा ढिलाइ हुँदा नुवाकोटका विभिन्न बस्तीका हजारौँ नागरिक जिल्ला सदरमुकाम पुग्न घण्टौँ पैदल हिँड्न बाध्य छन्। बिदुर नगरपालिकाले पुलको जग निर्माणमा ३ करोड ७० लाख रुपैयाँ खर्च गरिसकेको भए पनि पुल जडानको टुंगो लागेको छैन।

यता, त्रिशूली बजारका करिब २५० बाढीपीडित परिवारले पुनर्स्थापनाको माग गर्दै नेपाल विद्युत् प्राधिकरणको जग्गामा अस्थायी टहरा र टेन्ट बनाएर बसिरहेका छन्। प्रभावित परिवारले खानेपानी, शौचालय, विद्युत् र सरकारले घोषणा गरेको मासिक १५ हजार रुपैयाँ घरभाडा सहायता समेत नपाएको गुनासो गरेका छन्।

बाढीमा १ हजार ४५० भन्दा बढीको मृत्यु भएको र ५ हजार २८५ जना अझै बेपत्ता रहेको समाचारमा उल्लेख छ।