प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको अवसरमा भ्रष्टाचार, कुशासन, असमानता र प्रशासनिक ढिलासुस्तीविरुद्ध एकजुट भएर लाग्न नेपाली जनतालाई आह्वान गरेका छन्।
दशैंको शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले प्रत्येक नागरिकले सरकार आफूहरूको सेवाका लागि रहेको अनुभूति गर्ने वातावरण निर्माण गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।
उनले अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न पनि आग्रह गरेका छन्। सत्यको असत्यमाथिको विजयको प्रतीकका रूपमा रहेको विजयादशमीले सामाजिक सद्भाव, राष्ट्रिय एकता र पारस्परिक सम्मानलाई बलियो बनाउने विश्वास उनले व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको शुभकामना दिँदै आपसी सद्भाव र एकताका साथ दशैं मनाउन आग्रह गरेका छन्।
दशैंमा भ्रष्टाचार र कुशासनविरुद्ध एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान