देश

ज्ञान्दा एकेडेमीका सीईओ राजेन्द्र कोइरालामाथि गैरकानुनी गतिविधि, आर्थिक अनियमितता र श्रम शोषणको आरोप

सम्पादक 2026 November 21 1 दिन अघि 180 पटक हेरियो 1 मिनेट पढाइ
ज्ञान्दा एकेडेमीका सीईओ राजेन्द्र कोइरालामाथि गैरकानुनी गतिविधि, आर्थिक अनियमितता र श्रम शोषणको आरोप

वीरगञ्ज, मंसिर ५ । वीरगञ्जको रामगढवास्थित ज्ञान्दा एकेडेमी कलेजका सीईओ राजेन्द्र कोइरालामाथि गैरकानुनी गतिविधि, आर्थिक अनियमितता तथा शिक्षक–कर्मचारीमाथि श्रम शोषण गरेको आरोप लागेको छ।

मधेश जागरण अभियानका केन्द्रीय संयोजक कृष्ण मोहन सहनीले कलेज व्यवस्थापनविरुद्ध गम्भीर प्रश्न उठाउँदै घटनाको निष्पक्ष छानबिन र दोषी देखिएकामाथि कानुनी कारबाहीको माग गरेका छन्।

सहनीका अनुसार आवश्यक सरकारी स्वीकृतिबिना भारतीय बोर्ड (CBSE) का कक्षाहरू सञ्चालन गरिएको, शिक्षक तथा कर्मचारीको सामाजिक सुरक्षा कोष (SSF) रकममा अनियमितता भएको, दसैँ बोनस रोकिएको र तलबमा विभेद गरिएको आरोप छ। त्यस्तै, सार्वजनिक बिदामा समेत काममा लगाउने तथा शिक्षकहरूको मानमर्दन गर्ने गरिएको उनको दाबी छ।

सहनीले सीईओलाई पदबाट हटाउने वा व्यवस्थापन परिवर्तन गर्ने नाममा आरोपितलाई उन्मुक्ति दिन नहुने बताउँदै वीरगञ्ज महानगरपालिकाको शिक्षा महाशाखा, जिल्ला प्रशासन कार्यालय पर्सा र श्रम कार्यालयलाई तत्काल छानबिन गर्न आग्रह गरेका छन्।

यद्यपि, आरोपहरूको स्वतन्त्र पुष्टि तथा सम्बन्धित कलेज व्यवस्थापन र सीईओ राजेन्द्र कोइरालाको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।