देश

सीमा विवादमा प्रधानमन्त्री शाह: कालापानी–लिपुलेक नेपालको, प्रमाण हामीसँग छ

सम्पादक 2026 June 21 2026-06-21 201 पटक हेरियो 1 मिनेट पढाइ
सीमा विवादमा प्रधानमन्त्री शाह: कालापानी–लिपुलेक नेपालको, प्रमाण हामीसँग छ

प्रधानमन्त्री वालेन्द्र शाहले कालापानी र लिपुलेक नेपालको भूमि भएको दाबी गर्दै त्यसको प्रमाण नेपालसँग रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विवादित भूमि फिर्ता ल्याउन सरकार प्रतिबद्ध रहेको बताए।
प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवाद दुई देशबीचको संवादबाट समाधान गरिने र कुनै तेस्रो पक्ष वा मध्यस्थकर्ताको आवश्यकता नरहेको स्पष्ट पारे। उनले भने, “हामीसँग कालापानी र लिपुलेक नेपालको भएको प्रमाण छ। यदि अर्को पक्षसँग पनि प्रमाण छ भने प्रस्तुत गर्नुपर्छ।”
प्रतिनिधिसभाको जेठ १७ गतेको बैठकमा सीमा सम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले उठाएको विरोधप्रति संकेत गर्दै प्रधानमन्त्री शाहले आफ्नो भनाइ दोहोर्‍याएका हुन्। उनले राष्ट्रिय हित र सार्वभौमिकताको विषयमा सरकार स्पष्ट र दृढ रहेको समेत बताएका छन्।