नारायणी अस्पतालसँग जोडिएको विवाद तथा जिल्लामा देखिएका पछिल्ला घटनाक्रमपछि पर्साका प्रहरी प्रमुख एसपी सुदिप राज पाठकको सरुवा गरिएको प्रहरी स्रोतले जनाएको छ। स्रोतका अनुसार उनलाई प्रहरी प्रधान कार्यालय तानिएको छ भने उनको स्थानमा एसपी पवन भट्टराईलाई पर्सा पठाउने तयारी भइरहेको छ।
यद्यपि, नेपाल प्रहरीले सरुवाको आधिकारिक कारण सार्वजनिक गरेको छैन। यस विषयमा औपचारिक पुष्टि आउन बाँकी छ। स्रोतका अनुसार आज साँझ एसपी पाठकको बिदाइ कार्यक्रम समेत हुने तयारी रहेको छ।
नारायणी अस्पताल विवादपछि पर्साका एसपी सुदिप राज पाठकको सरुवा, पवन भट्टराई आउने तयारी