वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको छ। मृतकका आफन्त र स्थानीयले चिकित्सकीय लापरबाहीको आरोप लगाउँदै आकस्मिक कक्षमा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा तोडफोड भएको तथा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।
घटनापछि आन्दोलनरत पक्षले अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चित्राञ्जन शाहको राजीनामा माग गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
वीरगञ्जमा बिरामीको मृत्युपछि नारायणी अस्पतालमा तनाव, मेसु डा. चित्राञ्जन शाहको राजीनामा माग