देश

वीरगञ्जमा अर्बौंको बजेट, तर समस्या उस्तै

सम्पादक 2026 September 25 10 घण्टा अघि 46 पटक हेरियो 1 मिनेट पढाइ
वीरगञ्जमा अर्बौंको बजेट, तर समस्या उस्तै

वीरगञ्ज महानगरपालिकाको बजेट वर्षेनी बढिरहेको छ। आर्थिक वर्ष २०८२/८३ मा रु. ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार बजेट थियो भने आर्थिक वर्ष २०८३/८४ का लागि बजेट बढाएर रु. ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार पुर्‍याइएको छ।
तर प्रश्न यहीँबाट सुरु हुन्छ—अर्बौंको बजेट आउँदा पनि वीरगञ्जका धेरै सडक, नाला र सार्वजनिक संरचना वर्षौंदेखि जीर्ण अवस्थामा किन छन्?
जनता सोधिरहेका छन्—बजेट कहाँ खर्च भयो? कुन ठाउँमा कति खर्च भयो? काम भएको भए परिणाम कहाँ देखियो?
महानगरपालिकाले बजेटको योजनागत खर्च विवरण, ठेक्का रकम, भुक्तानी र कामको प्रगति सार्वजनिक गरेर जनतालाई जवाफ दिनुपर्ने आवाज उठेको छ।
बजेट बढ्दै जाने, तर जनताको समस्या उस्तै रहने हो भने विकासको बजेट आखिर कहाँ गइरहेको छ?