वीरगञ्ज: मधेस जागरण अभियानका संयोजक कृष्ण मोहन सहनीले रास्वपा सांसद रहबर अन्सारीको भनिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सार्वजनिक रूपमा माफी माग्न माग गरेका छन्। उनले उक्त अभिव्यक्तिले हिन्दू समुदायको धार्मिक आस्था र सामाजिक सद्भावमा चोट पुगेको दाबी गर्दै भविष्यमा यस्ता अभिव्यक्ति नदिन सबै जनप्रतिनिधिलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।
रास्वपा सांसद रहबर अन्सारीको अभिव्यक्तिप्रति कृष्ण मोहन सहनीको आपत्ति, सार्वजनिक रूपमा माफी माग्न माग